काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पदबाट निलम्बन गरिएको छ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमवार सूचना प्रकाशित गरी निलम्बन भएको जानकारी गराउनुभएको हो ।
महासचिव पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ, “प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक ऐन बमोजिम थुनामा रहेकोमा थुनामा रहेको अवधिभर सो मुद्दाको किनारा नलागेसम्म निलम्बन भएको मानिनेछ ।”लामिछानेविरुद्ध आइतवार मात्र जिल्ला सरकारी वकील कार्यालय कास्कीले सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा दायर गरेको थियो ।
मुद्दा प्रक्रिया अघि बढेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेको सांसद पद पनि निलम्बन गर्न संसद सचिवालयलाई पत्राचार गरेको थियो ।
डीपी अर्याल कार्यवाहक सभापती
काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापती डिपी अर्याललाई कार्यवाहक सभापतीको जिम्मेवारी दिएको छ ।
सभापती रवि लामिछानेविरुद्ध मुद्दा अघि बढेपछि सोमवार बसेको सचिवालय बैठकले अर्याललाई जिम्मेवारी दिएको एक सांसदले जानकारी दिए । सरकारी वकिल कार्यालय कास्कीले सभापती लामिछाने विरुद्ध आइतवार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ ।


















