बसन्त लामा सिंगौल ÷
सिगौंल,निजगढ नगरपालिकाको वडा नम्बर १ स्थित नेपाल राष्ट्रिय उच्च माध्यामिक विद्यालय तेक्वÞान्दो डोजाङद्वारा तेक्वाण्डो खेलाडीहरुको शनिवार बेल्ट जाँच कार्यक्रम सम्पन्न गरिएको छ ।बारा जिल्ला तेक्वÞान्दो सघका अध्यक्ष नन्दु लामाले निजगढ १ स्थित नेपाल राष्ट्रिय उच्च माध्यामिक विद्यालय तेक्वÞान्दो डोजाङमा प्रशिक्षण लिइरहेका तेक्वÞादो खेलाडीको बेल्ट जाँच प्रशिक्षण लिनुभएको हो । तेक्वÞान्दो ग्रेडीङ (अर्थात) बेल्ट जाँचमा १ सय ७६ जना तेक्वÞान्दो खेलाडी सहयागी रहेका थिए ।सो बेल्ट जाँच कार्यमा सिंगौल र छिमेकी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को भालुखोप, अरुण बस्ती, राजुवा, इपिल बस्तीका ९१ जना पुरुष र ८५ जना महिला खेलाडीको सहभागिता रहेको थियो । बेल्ट जाँचबाट डोजाङ्गका बसै खेलाडीहरु ह्वाइट बेल्डबाट औरेन्ज बेल्डमा प्रवेस गरेकाछन् ।राष्टको लागि खेल स्वास्थ्य को लागि खेल भन्ने मूल नारालाई आत्मसाथ गर्दै सिंगौल वडा नम्बर १ स्थित नेपाल राष्ट्रिय उच्च माध्यामिक विद्यालयभित्र तेक्वÞान्दो खेलको सुरुवात गरिएको हो ।कार्यक्रम रौतहट जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख बिरेन्द्र ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अन्य अतिथिमा निजगढ नगरपालिका कार्यपालिका सदस्य मानबहादुर डासेली, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर योन्जन, अस्थायी प्रहरी पोष्ट सिंगौलका प्रहरी सहायक निरीक्षक उपेन्द्र बानिया र छिमेकी जिल्ला रौतहट चन्द्रपुर ३ भालुखोप निवासी बीरबहादुर स्याङतान रहेको डोजाङ्गका प्रमुख प्रशिक्षक मानबहादुर लामाले बताउनुभएको छ ।बेल्ट जाँच कार्यक्रममा अधिकांस खेलाडीका अभिभावकहरु पनि सहभागी बनेका थिए ।आफनै गाउँमा राष्टको गौरब बोकेको तेक्वÞान्दो जस्तो खेलको गतिविधि सन्चालन भैरहेको अवस्थामा पनि स्थानीय तहले सहयोग नगरको भन्दै खेलाडीहरुले असन्तुष्टि जनाएका छन ।हालसम्म निजगढ नगरपालिका र वडा कार्यालय कुनै किसिमको सहयोग बिना नै सिंगौल वडा नम्बर ३ निबासी मानबहादुर लामाको व्यक्तिगत प्रयासमा तेक्वÞान्दो खेल संचालन हुदै आइरहेको हो ।प्रशिक्षक मानबहादुर लामाको भनाइअनुसार नगर र वडा कार्यालयले खेल विस्तार गर्नको लागि बार्षिक बजेट विनियोजित गरि दिने हो भने सिंगौलबाट पनि योग्य र दक्ष खेलाडी उत्पादन गर्न सकिने छ ।

Leave a Reply