कलैया – पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले देश समृद्धि दिशामा अघि बढेको बताएका छन् । बाराको कलैया उपमहानगरपालिका २१ को भोडहामा सामुदायिक भवनको बिहिबार शिलान्यास गर्दै पौडेलले चौतफी विकासको लहरसँगै समृद्धिका आयाम देखा परेको बताए ।
बारा जिल्लामा संचालन भैरहेका राष्ट्रिय आयोजना, दोस्रो अन्तराष्ट्रिय विमान स्थल समयमै निर्माण सम्पन्न भए जिल्लाको मुहार फेरिने उनको भनाई थियो । त्यस्तै वडा अध्यक्ष पुनदेव प्रसाद रौनियारले स्थानिय सरकार प्रभावकारी भएको बताएका छन् । काम गर्ने ईच्छा शक्ती र जाँगर हुँदा बजेट अभावको समस्या झेल्नु नपरेको उनको भनाई थियो ।
तराई मधेश समृद्धि कार्यक्रम अन्तरगतको ५० लाख रुपैयाको लागतमा २ सयबढी आँट्ने सामुदायिक भवन निर्माण गरिन लागिएको हो । कार्यक्रममा साविक भोडाह गाविसका पूर्व अध्यक्ष शिवविहारी चौधरी, कलैया उपमहानगरपालिका २१ का वडा समिति पधादिकारीहरु, स्थानिय भद्रभलादमी गरी १५० जना बढीको उपस्थिती रहेको थियो ।