निजगढ,घर निर्माण गर्ने क्रममा करेन्ट लागेर निजगढ नगरपालिका वडा नम्बर ६ शान्तिटोलमा बिहीबार एक जना कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला घर भएका वर्ष २७ का मुकेश चौधरी रहेका छन । स्थानीय कृष्णप्रसाद गौतमको नयाँ निर्माण हुदै गरेको घरमा काम गर्ने क्रममा करेन्ट लागेर गंभिर घाइते बनेका चौधरीको उपचारको क्रममा निजगढ सामुदायिक अस्पतालमा मृत्यु भएको इलका प्रहरी कार्यालय निजगगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो । पर्साको पर्सागढी नगरपालिका बेल्वा घर भएका चौधरी निजगढ नगरपालिका वडा नम्बर ४ कछडिया टोलस्थित ससुरालीमा बसेर ज्याला मजदुरीको काम गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here