कृपा संवाददता
बारा –  शौचालयमा थुनेर कुटपिट तथा दुव्यवहार गर्ने पिडित हरेन्द्र महतो कोइरीले निवेदन दिए कावार्हि गर्छु भन्ने बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलले अहिले बारा जिल्ला स्थित महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवलार्ई बचाउन लागी परेका छन् । पिडित हरेन्द्र महतो कोइरीले महागढीमाई नगरपालिकाका प्रमुख यादवलाई कार्वाहीको माँग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पछि साझं ६ बजे बाराका प्रमुख जिल्ला अधिकारी र मेयर यादव मुद्दा मिलाउन गोप्य छलफलमा ब्यस्त भएको जानकारी हुन आएको छ ।

 

पिडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउदै ।

छोराले भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको आरोपमा बाबुलाई शौचालयमा थुनेर कुटपिट तथा दुव्यवहार गर्ने पिडित हरेन्द्र महतो कोइरीले बिहिवार प्रहरीमा जाहेरी दिएका हुन् । सोहि नगरपालिकाको वडा नम्बर २ मैनीटोल बस्ने ५५ वर्षिय कोईरीलाई नगर प्रमुख यादवले नगर प्रहरी लगाएर कुटपिट र दुव्र्यवहार गरेको भन्दै कानुनी कार्वाहीको लागि मेयर यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएको उनले बताए ।

 

 

 

उनले जाहेरीमा भेदभाव तथा अपमानजन्य कसुरमा कार्वाही गरी मेयर यादवबाट क्षेतिपुर्ति समेत भराई दिन कोइरीले प्रहरीसँग माँग गरेका छन् । मेयर यादव माथि कानुनी कारवाहीको माँग गर्दै संघीय संसदमा बारा क्षेत्र नं.२ का माननीय रामसहाय यादव , सोही क्षेत्रबाट प्रदेश नम्बर २ का सभा सदस्य बच्चा यादव , पारस साह समेत कोईरीसँगै प्रहरी कार्यालय पुगेका थिए ।

 

 

 

छोरा मुकेश कुशवाहाले गाउँमा सडकको नाला निर्माणमा भईरहेको ढिलासुस्ति बारे मेयर यादवको अडियो सहिँतको भिडियो फेसबुकमा पोष्ट गरेको निहुँमा कोईरीलाई कुटपिट गर्दै नगरपालिकाको शौचालयमा थुनिएको थियो । गत वर्ष नैं पुरा भईसक्नु पर्ने नाला निर्माणमा भईरहेको ढलासुस्ति बारेमा मुकेशले अप्लोड गरेको भिडियो अहिले फेसबुकमा भाईरल छ ।

 

 

 

शुरुमा मुकेशलाई नियन्त्रणमा लिन घरमा पुगेका नगर प्रहरीले फेला पार्न नसके पछि खेतमा काम गरिरहेको अवस्था उनका बाबुलाई समातेर नगर प्रमुख यादवको जिम्मा लगाएका थिए ।  कोईरीले छोरालाई भगाएको भन्दै मेयर यादवले आँफुले लगाएको जुत्ता टाउकोमा राखेर माफी माग्न भनेको र कोइरीले नमाने पछि कुटपिट गर्दै शौचालयमा लगेर थुन्ने आदेश दिएको उनले बताए ।

 

कानुन व्यवस्था हातमा लिदै मेयर यादव
महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले कानुन व्यवस्था नै हातमा लिएका छन् । स्थानीय मुकेश कुशवाहाले गाउँमा सडकको नाला निर्माणमा भईरहेको ढिलासुस्ति बारे मेयर यादवको अडियो सहिँतको भिडियो फेसबुकमा पोष्ट गरेको निहुँमा उनका बुवा हरेन्द्र महतो कोईरीलाई कुटपिट गर्दै नगरपालिकाको शौचालयमा थुनिएको थियो ।

 

पिडित हरेन्द्र महतो कोइरीले महागढीमाई नगरपालिकाका प्रमुख यादवलाई कार्वाहीको माँग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पछि नगर प्रमुखका कार्यकार्ता तथा नगर प्रहरीले स्थानीय मुकेश कुशवाहालाई बिहिबार राती ९ बजेको समयमा घरमा गई कुटपिट गरेको छ । नगर प्रमुख यादवका कार्यकार्ताहरुले कुशवाहालाई कुटपिट गरी घाईते बनाएका छन् । कुशवाहालाई निर्घात रुपमा कुटपिट गर्दा गम्भीर घाईते भएपछि उपचारको लागि कलैया लगिएको एक प्रत्यक्षदर्शीले जानकारी दिए ।

 हाम्रा सहकर्मीले दिएका जनकारी अनुसार कुशवाहाकाे टाउकाे तथा छातीमा बढी चाेट लागेकाले  कलैया अस्पतालमा उपचार हुन नसकिने भएपछि थप उपचारकाे लागि बिरगंज स्थित रहेकाे ग‌ण्डक अस्पतालमा लगिएका जानकारी दिए । 

 

यस अघि पनि नगर प्रमुख यादवले बाराका संचारकर्मी अनिल बर्मालाई कुटपिट गरेको थियो । पत्रकार वर्माले सुचना हक अन्तरगत नपाको खर्च बिबरण मागेकै निहुमा कुटपिट गरेको थियो । यसरी नगर प्रमुख यादवले कानुन व्यवस्था नै हाममा लिई रहदाँ पनि प्रहरी प्रशासनले यादवकै पक्षमा उभुने गरेकाले बाराका प्रहरी प्रशासन माथी प्रश्न उठदै आएका छन् ।

‘कसुर बिना अपमान र दण्ड सजाय बेहोर्नु पर्यो, कोईरीले भने , अब अरु केही चाहिएको छैन न्याय पाए पुग्छ ।’ जिल्लाका प्रहरी उपरिक्षकलाई उनले गुहारे । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले कोईरीले भेदभाव तथा अपमानजन्य कसुरमा मेयर यादवलाई विपक्षी बनाएर जाहेरी दिएको जानकारी दिए । जाहेरी बारे बताउदै प्रहरी उपरिक्षक पङ्गेनीले भने ‘मेयर विरुद्ध जाहेरी परेको छ , चाहे जो भए पनि यो विषयमा आवश्यक छानविन पछि कारवाही अघि बढछ ।’

 

घाइते कुशवाहालाइ अस्पतालमा उपचार गर्दै ।

 

मेयर यादबले आफना नगरपालिकाका नगर प्रहरी लगाई केहि दिन अगाडि बाराका संचारकर्मी अनिल बर्माले सुचना हक अन्तरगत नपाको खर्च बिबरण मागेको भनि पिटेका थिए । अर्को तर्फ मेयर यादब र बाराका प्रमुख जिल्ला अधिकारी बिच गढिमाई मेला देखी अत्यन्तै घनिष्ट सम्बन्ध भएको कारण पनि प्रमुख जिल्ला अधिकारी मेयर बिरुद्ध जान नसकेको प्रशासन निकट एक कर्मचारीको भनाई रहेको छ ।

मेयर यादवका कार्यकार्ताहरुले कुशवाहाकाे बावु काेइरीलाइृ शाैचालयमा थुनदै गरेकाे तस्बीर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here