ललितपुर,प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा लागेको बताउनुभएको छ ।
मंगलवार ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउन लागिपरेको बताउनुभएको हो । उहाँले भ्रष्टाचारीको मुख हेरेर नभइ अपराध हेरेर कारबाही गरिने पनि बताउनुभएको छ ।

‘देशको अवस्था सुधार गर्नुछ, भ्रष्टाचार नियन्त्रण गर्नुछ, मैले भनेको छु, भ्रष्टहरूको मुख हेरेर होइन, काम हेरेर, अपराध हेरेर कारबाही हुन्छ ।’प्रधानमन्त्री ओलीले उहाँले व्यवस्थासँगै अवस्था पनि बदलिएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सरकार जनताप्रति उत्तरदायी भएको दावी गरेका छन्। सडक बालबालिकालाई राख्ने र बचाउने मात्रै नभइ उपर्युक्त शिक्षा दिएर सक्षम नागरिक बनाउने गरी व्यवस्था गरिने उहाँको भनाई छ। उहाँले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र विसं २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको बताउनुभयो ।
आफू पहिला प्रधानमन्त्री हुँदा ९ लाख मानिसलाई निरपेक्ष गरिबीको रेखाबाट तल झारिएको सन्दर्भ पनि प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो । अहिलेको नाजुक अवस्थालाई सम्हालेर केही वर्षभित्र नेपाललाई माथि उठाउन सरकार दत्तचित्त भएर लागेको बताएका छन्।

Leave a Reply