निजगढ,निजगढ ९ स्थित गौरीशंकर क्याम्पसको १८औं बार्षिकोत्सव कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
आगामी पुष २० गते हुने क्याम्पस सभाको पनि सोही अवसरमा बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सांसद मैनालीले विद्यार्थीहरुको विदेश पलायनले देशमा ठूलो समस्या ल्याउने बताउनुभयो । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको विदेश पलायन रोक्न देशभित्रै रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो बार्षिकोत्सवमा मधेस प्रदेशकी सभासद मिना लामा, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरका पूर्वप्रमुख सुरेश खनाल, पूर्वउपप्रमुख लिलादेबी लामिछाने खनाल, क्याम्पसका प्राध्यापक डा. मायानाथ घिमिरे, निजगढ खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष सुदर्शन कोइराला, गौरीशंकर माविका पूर्वप्रधानाध्यापक कृष्णप्रसाद उपाध्याय, समाजसेवी शम्भुबहादुर बुढाथोकी, क्याम्पस व्यवस्थापन समितिका सल्लाहाकार बेनीबहादुर मोक्तान, पूर्वविद्यार्थी समाजका अध्यक्ष केदार खरेलले बोल्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेस नगर सभापती नवराज तिमल्सिना, माओवादी केन्द्रका सन्तोष दङ्गाल, रास्वपा निजगढका सभापती रामहरी खरेल, राप्रपाका नगर अध्यक्ष खडगप्रसाद उप्रेती, जनमत पार्टीका मोजहर मन्सुर, नेकपा एकिकृत समाजवादीका भिमसेन सापकोटा, विद्यार्थी प्रतिनिधि किसान खडकालगायतले बोलेका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख टिकाराम भट्टराईले क्याम्पसको शैक्षिक गतिविधिको प्रतिवेदन र लेखापाल दिपक श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।शिक्षक सागर दहालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा क्याम्पसले आयोजना गरेको सो कार्यक्रममा क्याम्पसले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा विजयी छात्रछात्रलाई पुरस्कार पनि वितरण गरिएको थियो ।

















