राजकुमार यादव

मौलापुर,रौतहटको बौधीमाई नगरपालिकाकी उपमेयर प्रेमलता कुशवाहा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

शुक्रबार मौलापुर नगरपालिका पथराबुधरामस्थित एक कार्यक्रमकाबीच उपमेयर कुश्वाहा र उहाँका सबै समर्थक जनता समाजवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको हो ।

कुश्वाहा र उहाँका समर्थकलाई एमाले स्थायी कमिटी सदस्य प्रभु साह र मौलापुर नगर प्रमुख रिनाकुमारी साहले संयुक्त रूपमा माला र टिका लगाई एमालेमा प्रवेश गराउनुभएको हो ।

कार्यक्रममा मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर जयसवाल, एमाले प्रदेश कमिटी सदस्य मनोज यादव, किरण साह, जिल्ला अध्यक्ष त्रिभुवन साह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै मौलापुर नगरपालिकाकी प्रमुख साहले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको पक्षमा मतदान गरेर सूर्यध्वजावहाक उम्मेदवारहरुलाई विजयी तुल्याउन आग्रह गर्नुभएको थियो । आफूले मौलापुर नगरपालिकालाई विकासको पथमा अगाडि बढाउन सफल भएको भन्दै यसमा सबैको सहयोग रहेको उहाँले बताउनुभयो ।

मौलापुरमा पुरातात्विक महत्वको महादेव मन्दिर उत्खनन, ल्याण्डपुलिङ्ग, दलितबस्ती निर्माण, धुवामूक्त अभियान अन्तर्गत ग्यास सिलिन्डर वितरण लगायतको कार्य गरेकोले जनताले आगामी चुनावमा फेरि पनि आफूलाई नै चुन्नेमा ढुक्क रहेको बताउनुभएको थियो ।

Leave a Reply