वीरगञ्ज,पर्साको बहुदरमाई नगरपालिकामा आइतवार क्रिकेट मैदान निर्माण कार्यको शिलान्यास गरिएको छ ।
नेकपा एमालेका युवा नेता शिव पटेलले एक कार्यक्रमकाबीच क्रिकेट मैदानको शिलान्यास गर्नुभएको हो । बहुदरमाई नगरपालिका– २ पिपरास्थित तिलावे नदीको किनारमा रहेको बहुदरमाई मन्दिर नजिकको खेल मैदानलाई व्यवस्थित गर्न क्रिकेट मैदान निर्माण कार्यको शिलान्यास गरिएको हो ।

खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेश सरकारद्वारा विनियोजित २५ लाखको लागतमा खेल मैदानको निर्माण कार्य सुरु भएको हो । मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवालको पहलमा सो कार्यको थालनी गरिएको नेता शिव पटेलले बताउनुभएको छ ।

Leave a Reply