हेटौंडा,मकवानपुरको मनहरीमा सोमवार बिहान भएको स्कारपियो दुर्घटनामा निजगढ नगरपालिका एकै परिवारका चार जना घाइते भएका छन् ।मनहरी गाउँपालिका वडा नम्बर– ९ खरङ्गास्थित पुर्वपश्चिम सडक खण्डमा स्कारपियो दुर्घटना हुँदा स्कारपियोचालकसहित त्यसमा सवार निजगढ ७ को एकै परिवारका चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा बारा निजगढ नगरपालिका–७ बस्ने ४५ वर्षिय स्कार्पियो चालक धनबहादुर स्याङतान, उनको श्रीमती ३८ वर्षिय हरिमायाँ लामा, उनको छोरा १३ वर्षिय यरोश तामाङ र सोही स्थानका ३३ वर्षिय सबु लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

घाइते मध्ये चालक धनबहादुरको अवस्था सामान्य रहेको र अन्य घाइतेको अवस्था मध्यम रहेको र सबैको मनहरी अस्पतालमा सामान्य उपचारपछि भरतपुर अस्पतालमा रिफर गरिएको उपरीक्षक अर्यालले जानकारी दिनुभयो ।
निजगढबाट चितवनतर्फ जादै गरेको प्रदेश ३–०१–२२ च ६८६२ नम्बरको स्कारपियो कार बिहान आफै अनियन्त्रित भई सडकको बायाँ साईडमा रहेको विधुतको पोलमा ठोक्किएर सडकबाट ५० मिटर तल खसेको थियो ।

Leave a Reply