कलैया,बारा प्रहरीले एउटा अन टेस्ट मोटरसाइकलबाट गाँजा बरामद गरेको छ ।जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर २ कवही गोठस्थित नहर चोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।

ओरैयाबाट सतगन्ज नाकातर्फ आइरहेको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा सवारी चालक झोला फालेर फरार भएका थिए । उक्त झोलाबाट १० केजी गाँजा बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।बरामद गाँजासहित मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रियाअघि बढाइएको उहाँले जानकारी दिनुभएको छ ।


















