दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,साना किसान कृषि सहकारी संस्था सपहीको १२आंै वार्षिक साधारण सभा सम्पन्न भएको छ.।
बाराको कोल्हबी नगरपालिका वडा नम्बर ४ मा अवस्थित साना किसान कृषि सहकारी संस्थाको शनिवार साधारण सभा सम्पन्न भएको हो ।संस्थाले गत आर्थिक वर्ष २०८०-०८१ मा ४६ करोड १० लाखको कारोबार गरेको थियो भने चालु आव २०८१-०८२ मा ५८ करोडको कारोबार गर्ने लक्ष्य राखिएको संस्थाले साधारण सभामार्फत जानकारी दिएको छ ।
संस्थाकी सञ्चालक समितिकी अध्यक्ष अस्तुर्नी देबी चौधरीको अध्यक्षता, कोल्हबी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरीको प्रमुख अतिथ्यतामा भएको साधारण सभामा संस्थाकी अध्यक्ष चौधरीले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभामा कोल्हकी नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी चौधरी, साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, कृषि ज्ञान केन्द्र बाराका निमित्त प्रमुख राजनारायण साह, साना किसान विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय हेटौडाका शाखा प्रबन्धक भेलानाथ रेग्मी, कोल्हबी नगरपालिका पूर्वप्रमुख भरतबहादुर भण्डारी, बारागढी गाउँपालिकाका वडा नम्बर ५ का अध्यक्ष मैनेजर चौधरी, पूर्ववडा अध्यक्ष बिरेन्द्रप्रसाद चौधरी, समाजसेवी गोबिन्द पौडेललगायतका वक्ताहरुले संस्थाको प्रगतिका लागि शुभकामना मन्तव्य राख्नुभएको थियो ।लेखा समितिको तर्फबाट लेखा समितिकी संयोजक शान्ता सुबेदी र संस्थाका प्रमुख प्रबन्धक अरुण चौधरीले आर्थिक वर्ष २०८०÷८१ लागि वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदधिकारीहरु, सुरक्षाकर्मी, नगरिक समाज, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।
















