कलैया,गढीमाई मेलामा कान काटेर बेवारिसे छोडिएका भाकलका राँगाको खोजी कार्यमा सहयोग गर्न मेला व्यवस्थापन समितिले सर्वसाधारणसंग आग्रह गरेको छ ।मेला समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले एक सूचना जारी गर्दै, गढीमाईमा श्रद्धालुहरुले भाकल गरेका र कानमात्रै काटेर बेवारिसे छोडेका राँगा र पाडा भेटिएमा मेला समितिमा बुझाउन अनुरोध गर्नुभएको हो ।

‘कुनै व्यक्तिले गढीमाई माताका नाममा समर्पित गरिएको त्यस्ता राँगा र पाडाहरूलाई घर गोठमा बाँधेर राखेको, अन्यत्र स्थानान्तरण गरेको वा त्यस्ता राँगाबारे कुनै जानकारी भए तत्काल समितिलाई जानकारी गराउन आग्रह गरिन्छ ।’ सूचनामा भनिएको छ ।मेला समितिले यस कार्यमा सहयोग पु¥याउने व्यक्तिहरूलाई प्रोत्साहन स्वरूप नगद पुरस्कारको समेत घोषणा गरेको छ । अध्यक्ष यादवका अनुसार त्यस्ता राँगा र पाडाहरूको विषयमा जानकारी दिने व्यक्तिलाई समितिको तर्फबाट एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

समितिले राँगा र पाडाहरू बारेमा जानकारी दिन वा बुझाउनको लागि उपेन्द्रप्रसाद यादव मोबाइल नम्बर ९८५५०२६५१०, वीरेन्द्र प्रसाद यादव मोबाइल नम्बर ९८६५३३९४६०, उपेन्द्र कुमार गुप्ताको मोबाइल नम्बर ९८१४२५६३८८, वीरेन्द्र राउतको ९८०२९७९५३९ र नरेश जयसवालको मोबाइल नम्बर ९८५५०४५४२५ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
गढीमाई मेलामा गत मंसिर २३ गते केही श्रद्धालुहरुले मनोकाक्षा पूरा हुने विश्वासमो राँगा र पाडाको कान मात्रै काटेर मन्दिर परिसरमा छोडेका थिए । मेलामा यस वर्ष ६ हजारभन्दा बढी राँगाको बली दिइएको मेला समितिले जानकारी दिएको छ ।

Leave a Reply