अनिल तिवारी
सिमरा – जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले माहामारिको रुपमा फैलिएको कोराना भाईरसबाट सचेत र सर्तक रहन सम्पुर्ण ब्यापारीलाई आग्रह गरेको छ । बिहिबार एउटा सुचना जारी गर्दै नगर उद्योग वाणिज्य संघले बजार तथा आपुर्ती व्यवस्थापनमा सहज बनाउन सबैलाई आग्रह गरेको हो ।
संघका अध्यक्ष सञ्जय साह र महासचिव शिवजी साह सोनारद्धारा संयुक्त रुपमा हस्ताक्षर गरिएको विज्ञप्तिमा आफुलाई चाहिए जति मात्र उपभोग्य सामाग्री, ईन्धन लगायतका बस्तु खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न सेवा ग्राहिलाई आग्रह गर्दै कोरोनाबाट सबैलाई सहज वातावरण सृजना गराउनमा सम्पुर्ण ब्यवसायीहरुलाई आग्रह गर्नु भएको हो ।