आरके चौधरी
सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ मा पशु तथा कुखुरा पालनसम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। तालिमबुधवार वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको थियो।कार्यक्रमको अध्यक्षता सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष चिरञ्जीवी महतो थारुले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष यसवन्त यादवले सहभागिता जनाउँदै पशुपालन र कुखुरापालनको आर्थिक र सामाजिक महत्वमाथि प्रकाश पार्नुभयो । उहाँले यस्ता तालिमहरूले स्थानीय कृषकहरूको आत्मनिर्भरता र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।तालिमका क्रममा सहभागीहरूलाई पशु तथा कुखुरापालनसम्बन्धी आधुनिक प्रविधि, व्यावसायिक सीप र उनीहरूको व्यावहारिक उपयोगिताको बारेमा जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा ४० जना कृषकहरूको सहभागिता रहेको थियो ।

तालिमले कृषकहरूलाई आत्मनिर्भर बनाउने र कृषि व्यवसायलाई व्यावसायिक रूपमा अगाडि बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । सहभागीहरूले तालिम उपयोगी भएको प्रतिक्रिया व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।गाउँपालिका सामाजिक विकास शाखाका प्रमुख विनोद यादव, जनप्रतिनिधि सदस्यहरू र प्रशिक्षक रोशन कडेलको पनि उपस्थिति रहेको थियो।

Leave a Reply