मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ डकाहाको पैनीटोलमा प्रथम वडा अध्यक्ष गोल्ड कप २०८० हुने भएको छ ।स्थानीय मित्र युवा क्लबको आयोजनामा यही असोज २२ गतेबाट गोल्डकप फुटबाल प्रतियोगिता हुन लागेको हो ।विजयादशमी, दिपावली र छठ वर्पको असवर पारेर प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष गुणबहादुर तुम्सिङले जानकारी दिनुभयो ।प्रतियोगितामा जिल्लाका १२ वटा टिमको सहभागिता रहेको छ । पहिलो हुने टोलीले ५० हजार र दोस्रोले २५ हजार नगदसहित ट्रफी प्राप्त गर्ने छन् ।यस्तै उत्कृष्ठ खेलाडीहरुका लागि विधागतसहित दैनिक रुपमा म्यान अफ दि म्याचको पुरस्कार प्रदान गरिने व्यवस्था मिलाईएको क्लबका अध्यक्ष तुम्सिङले जानकारी दिनुभयो ।प्रतियोगिता कार्तिक ३ गते सम्म संचालन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here