बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर १ सिंगौलमा केहि दिनयता चोरीका घटना बढेका छन । सोमवार राति पनि स्थानीय जनएकता आधुनिक कृषि दुग्ध डेरीमा चोरी भएकोहो ।चोरहरुको समूहले जनएकता आधुनिक कृषि दुग्ध डेरीबाट एकथान इनालाईजर मिटर प्रिन्ट, १ थान ल्यापटपसमेत गरी करीव २ लाख ५० हजार बराबरीको सामग्री चोरी गरेका हुन ।
डेरी घरको झ्यालको जाली काटेर भित्र पसेका चोरहरुले डेरी उपकरण र ल्यापटपसमेत गरी २ लाख ५० हजारभन्दा बढीको सामग्री लगेको दुग्ध संकलन केन्द्रका सञ्चालक नवराज भण्डारीले जानकारी दिनुभयो ।

यस क्षेत्रमा यसअघि पनि पटक पटक चोरीका घटना हुदैआएका छन । सिंगौलमा रहेको अस्थायी प्रहरी पोष्टका प्रहरीले रात्रि गस्ति नगर्दागाउँमा चोरीका घटना बढेको स्थानीयले बताएका छन । उनीहरुका अनुसार गाउँमा लागु औषध प्रयोगकर्ताको संख्या बढेसंगै चोरी र अपराधिक घटना पनि वृद्धि भएको हो । वडानम्बर १ मा लागु औषध गाँजाको प्रयोग गर्ने युवा, युवतीको संख्या ठूलो रहेको छ । रातिको समयमा सिंगौलका चोक चौतारा र सार्वजनिक स्थानमा लागु औषध सेवनकर्ता भेटिने गरेका छन । त्यसैगरी सिंगौल वडा नम्बर १ मा केहि स्थानीयको घरमा जुवा तास खेलाउने कार्य हुदैआएको भएपनि अस्थायी प्रहरी पोष्टका प्रहरी मुकदर्शक बन्ने गरेका छन ।चोरीको घटनाबारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएकोछ ।

Leave a Reply