काठमाण्डौं,इजरायली सेनाले गाजामा आफ्नो सैन्य अभियान जारी राख्ने जनाएको छ । इजरायली सेनाले यो अभियान कठिन र लामो हुने बताएको बीबीसी हिन्दीले जनाएको छ । इजरायली सेनाले यो हप्ता उत्तरी गाजा र दक्षिणी गाजामा कारबाही विस्तार गरेको छ ।इजरायलको एक सञ्चारमाध्यमसँगको अन्तरवार्तामा पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले आफ्ना सबै लक्ष्य हासिल नगरेसम्म यो युद्ध जारी रहने बताउनुभएको खबरमा उल्लेख छ ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गर्दै नागरिकको सुरक्षामा जोड दिन आग्रह गर्नुभएको छ । राष्ट्रपति बाइडेनले आफूले युद्धविरामका लागि कुरा नगरेको तर नागरिकको सुरक्षामा जोड दिएको बताउनुभएको हो ।हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म २० हजारभन्दा धेरै मानिस मारिएका छन् जसमा झन्डै नौ हजार जनाभन्दा धेरै बालबालिका रहेका छन् । इजरायलतर्फ अहिलेसम्म १२ सय जनाको ज्यान गएको छ । हमासले दुई सय ४० जनालाई बन्धक बनाएकोमा झन्डै एक जनालाई रिहा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here