कृष्ण मोहन साह
सेढवा,भाद्र २५पर्साको विजयवस्तीमा सोमवार बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।ठोरी गाउँपालिका वडा नम्बर ४ विजयवस्तीस्थित नेवा पेट्रोल पम्पको पछाडि अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।पेट्रोल पम्पपछाडिको खेतमा गहुँ गोरो रङ्ग र जिउमा कट्टु मात्र लगाएका अपरिचित पुरुषको शव फेला परेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमारविक्रम थापाले जानकारी दिनुनभयो ।शव फेला परेको जानकारी प्राप्त हुने बित्तिकै पर्साका प्रहरी उपरीक्षक कोमल शाहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थलमा पुगेको उहाँले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँको भनाई छ ।


















