सिमरा,सिमरामा जारी अन्तर विद्यालय ग्रास रुट फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया र न्यु एकता बोर्डिङ स्कुल, सिमरा बिजयी भएको छ ।

सिमरा रंगशालामा भएको पहिलो खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलियाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुरलाई २–० गोलले पराजित गरेको हो । बकुलियाको जीतमा अतुल्लाहमिया र रंजितविश्व थारुले गोल गरे । खेलको म्यान अफ दि म्याच अजित चौधरी घोषित भए ।

खेलमा पराजित भएको फत्तेपुरले बकुलयाविरुद्ध प्रोटेस्ट गरेको छ । विद्यालयस्तर भन्दामाथिका खेलाडी खेलाएको भन्दै फत्तेपुरले आयोजक समक्ष प्रोटेस्ट गरेको हो । फत्तेपुरले दिएको प्रोटेस्टका बारेमा आयोजकले पछि निर्णय गर्ने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिनुभयो ।

यसैगरी दोस्रो खेलमा न्यु एकताले शुभतारा बोर्डिङ स्कुललाई २–० ले पराजित गरेको छ । न्यु एकताको जितमा सुजन खत्री एक्लैले दुई गोल गरे । खेलको म्यान अफ दि म्याच भने कौशुक श्रेष्ठ घोषित भए ।

प्रतियोगिताअन्तर्गत मंगलवार पनि दुई खेल हुदैछन् । आयोजकका अनुसार पहिलो खेल मिसन एकेडेमीविरुद्ध एक्स सर्भिसम्यान र दोस्रो खेलमा जनता माध्यमिक विद्यालय रजघट्टा र लोटस एकेडेमी भिडने छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here