नरेश गुप्ता

बरियारपुर,जबरजस्ति करणी प्रयास मुद्दामा पक्राउ परेका बाराको पचरौता नगरपालिकाका जे सि भि चालक पप्पु साहलाई आइतबार पुर्पक्षका लागि वीरगन्ज कारागार चलान गरिएको छ ।

पचरौता नगरपालिका वडा नम्बर ५ निवासी साह राति स्थानीय एक महिलाको घरमा प्रवेश गरेपछि स्थानीयहरुले बाहिरबाट ढोकामा ताल्चा लगाई साहलाई घरभित्रै थनेर प्रहरीको जिम्मा लगाएका थिए ।

ईलाका प्रहरी कार्यलय सिम्रौनगढमा पीडित महिलाले किटानी जाहेरी दिइपछि साहविरुद्ध जबरजस्ती करणी प्रयास मुद्दामा अनुसन्धान साहलाई बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा पुर्पक्षका लागि वीरगन्ज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here