नेपालमा ०६४ सालतिर मधेशमा ठुलो आन्दोलन भयो । धेरै जनधनको क्षति भयो । त्यत्तिबेलाको राजनीतिक दलको माग थियो मधेशको स्वयत्तता ।त्यो मधेश आन्दोलनले केही दिएन भन्ने पनि होइन । धेरै कुरा मधेशलाई दिएको थियो तर मधेशमा त्यत्तिबेला मात्र आन्दोलन भएन त्यसपछि पनि पटक पटक भयो र मधेशमा मानवीय सहित भौतिक क्षति भयो तर आज समय फेरियो ।

हिजो मधेश आन्दोलनको मुद्दा अनि मधेशवदी दल भने भनेर आफुलाई त्यसको ठेकेदार ठान्ने दलहरुको अवस्था खोइ आज ? मधेशका लगभग सबै निर्वाचन क्षेत्रमा मधेशवादी दलभन्दा धेरै पछि उदाएको र मधेशको मुद्दा नै नबोकेको दल मधेशमा पहिलो मात्र भएन दुई तिहाइ नै आयो ।

एकजना बालेन साह जनकपुरमा उभिएर मधेश सहित देशको कुरा गरेपछि जनलहर किन उहाँको पक्षमा उभियो ? के मधेशको जनताको मत र मन जित्नका लागि भौतिक र मानवीय क्षति नै गर्नुपर्ने रहेछ त ? गत बिहीबार सम्पन्न चुनावको मत परिणामले यही कुरा भनिरहेको छ ।परिवर्तन भनेको क्षणभरमा हुने रहिछ र कुनै अनावश्यक गफ चाहिदो रहिनछ भन्ने कुरा पनि पुष्टि भयो । मधेशवादी दलहरुले वास्तवमा मधेशमाथि पनि अत्यचार गरे ।
पटक पटक सत्तामा जाने तर मधेशका नागरिकहरुको समस्यामा उनीहरु गम्भीर भएनन जसका कारण पनि मधेशमा रास्वपा पहिलो दल बन्यो ।

मधेशवादी दलहरु सबै यसपालि स्वाहा नै भए त्यसो त अन्य दल पनि बडारिए नै । जे भएपनि अब मधेशको मुद्दा कसैले भन्दा बालेनले बोक्ने विश्वास यहाँका नागरिकहरुमा देखियो । अब पाँच वर्षमा बालेनले मधेशको मुद्दा कत्तिको बोक्नु हुनेछ, कसरी मधेशलाई समृद्ध बनाउने हुनेछ त्यसका लागि भने कुरौं र काम गर्न दिऔं अनि फेरि ब्यालेटमार्फत नै समीक्षा गर्ने अधिकार जनतामा निहित त छदैछ ।

 

Leave a Reply