एकथरि मान्छेहरुले केपी ओली चीन भ्रमणबाट फर्किएपछि अहिलेको सरकार ढल्छ भनेर प्रचार गरिरहेका छन् । कतै कतै यस्तो सानोतिनो बहस पनि भइरहको देखिन्छ ।हुन त् नेपाली राजनीतिमा कतिबेला के हुन्छ यसै केही भन्न सकिन्न । यहाँ रातारात जे पनि हुन्छ तर यसो भन्दैमा अहिले केपी ओलीको विकल्प खोज्ने बेला चैं भएको छैन । यदि केपी ओलीको विकल्प खोज्ने हो भनेपनि अहिलेका दलबाट नै खोजिने हो र केपीको ठाउँमा अर्को कोही आएपनि थप केही हुनेवाला छैन, देश र जनताका लागि ।
जो बन्छ उसलाई र उसको कार्यकर्तालाई त केही होला तर जनतालाई केही हुदैन । प्रचण्ड नेतृत्वको सरकार पनि भर्खर हेरेकै हो । काँग्रेसको त कुरा नगरौं । नयाँ दल अहिले सरकारको नेतृत्व लिने अवस्थामा भएको जस्तो देखिदैन । विशेषगरी रास्वपाले आफ्ना सभापती हिरासतमा गएपछि अलि बढी सकारको विरोध गरेको छ । त्यो स्वभाविक भएपनि अहिले सरकार परिवर्तनको अर्थ छैन
माओवादी नै फेरि सरकारमा गएपनि नयाँ केही हुनेवला छैन । त्यसैले अहिले यो गठबन्धनको सरकारलाई काम पनि गर्न दिनु्पर्दछ । अझै अबको बाँकी समय काँग्रेस, एमालेले नै चलाए पनि हुन्छ । कम्तीमा यी दुई दल मिल्दा त केही स्थिरताको अनुभूति जनताले गरेका छन् । सुशासन पनि उनीहरुले दिन सक्नुपर्दछ । अनि मात्र उनीहरु जनतामा लोकप्रिय होलान् । नत्र ०८४ साल पनि नजिकिदै छ । त्यसैले यो सरकारको अहिले विकल्प नखोजौं ।













