दुष्यन्त चौधरी
कलैया, ०५ मंसिर । बारामा दुई स्थानमा बिहीबार भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएका छन् । भने एक जना गम्भीर घाईते भएका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखग स्थित चार नम्बर पुलमा ट्रकले पछाडीबाट स्कुटरलाई ठक्कर दिँदा एक महिला र उनको एक वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए ।
मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ८ की तीर्थकुमारी राई र उनको एक वर्षीय छोरा आहान चौधरी रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रंजित सिंह राठौरले बताए । साथै दुर्घटनामा उनको श्रीमान राकेश चौधरी गम्भीर घाइते भएका सुनाए । घाईते चौधरीको हेटौँडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रंजित सिंह राठौरले जनाए ।
हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ४६ प २५०४ नम्बरको मोटर साईकललाई सोही दिशाबाट आइरहेको ना ५ ख ९०५५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । मोटर साईकललाई ठक्कर दिने ट्रकका चालक फरार भएका छन् । प्रहरीले ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रंजित सिंह राठौरले जानकारी दिए ।
यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा बसले मोटरसाइकललाई ठक्कर दिँदा निजगढका आइतसिंह लोप्चनको मृत्यु भएको छ । वीरगञ्जबाट गौरतर्फ जाँदै गरेको बा ४ ख ५३२० नम्बरको बसले लोप्चन सवार ना ११ प ५४७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते लोप्चनको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रंजित सिंह राठौरले बताए । टाउको, खुट्टा र छातिमा चोट लागेका लोप्चनलाई सिमरा स्थित अल्पाइन अस्पतालबाट थप उपचारका लागि वीरगञ्ज लगिएको थियो ।
मोटरसाइकललाई ठक्कर दिने बसका चालक फरार भएको र बस सहित सह चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रंजित सिंह राठौरले जानकारी दिए ।