पुष्पराज खतिवडा
मनहर्वा,साविक विजेता नवदुर्गा युवा क्लब सिमरालाई सेमीफाईनलमा स्तब्ध पार्दै रिगल रिसोर्ट हेटौंडा तेस्रो मनहर्वा गोल्डकपको फाईनल प्रवेश गरेको छ ।बिहीवार बडहर्वा खेल मैदानमा भएको दोस्रो सेमीफाईनल खेलमा निर्धारित समयमा दुबै पक्षबाट गोलरहित बराबरी भएपछि नतिजा टाईबेकरबाट निकालिएको हो ।

टाईवेकरमा सिमराका विवेक गुरुङ्ग र आयूष रानाको प्रहार रिगल रिसोर्ट हेटौंडाका गोल रक्षक गोपी बर्तौलाले सहजै बचाउ गरे । दुई बल बचाउ गरेसँगै टिमले जित निकाल्न सफल भयो ।रिगलले उपाधिका लागि शनीवार वीरगञ्जं यूनाईटेड पर्सासँग फाईनल खेल्ने छ । वीरगञ्ज यूनाईटेड आयोजक मौवादेवी युवा क्लबलाई बुधवार भएको पहिलो सेमीफाईनल खेलमा २ शुन्य गोल अन्तरमा पराजित गदै फाईनल प्रवेश गरि सकेको छ ।

रिगलको जितका लागि आशिष क्षेत्री, निमेश मोक्तान, समुअल सुनार र रोशन दोङ्गले समान एकएक गोल गरे । सुजल श्रेष्ठको प्रहार भने नवदुर्गा सिमराका गोल रक्षक जयराम चौधरीले उत्कृष्ठ बचाउ गरेका थिए ।यता नवदुर्गाका खेलाडी सिसास थापा, मोहीत गुरुङ्ग र दिपेश राईले मात्रै गोल गर्न सके । विवेक र आयूष टिमका लागि गोल गर्न चुके । जस्का कारण नवदुर्गाको यस वर्ष मनहर्वा गोल्डकप उपाधि जित्ने सपना अधुरो बन्न गयो ।क्वाटरफाईनलमा बागमती युवा क्लबका विरुद्धको खेलमा ४ जना विदेशी खेलाडी उतारेर सिमराले उत्कृष्ठ प्रदर्शन गरेको थियो । ५-१ गोलको अन्तरमा जित निकाल्दै सेमीफाईन प्रवेश गरेको सिमराको फाईनल यात्रामा भने पूर्णविराम लागेको छ ।

बिहीवारको खेलको म्यान अफ दि म्याच रिगल रिसोर्ट हेटौंडाका गोल रक्षक गोपी बर्तौला चुनिए । उनले २ हजार ५ सय पुरस्कार प्राप्त गरे । प्रतियोगिताका विजेताले नगद दुई लाख र उप विजेताले एक लाख रुपैंया पुरस्कार र ट्रफी प्राप्त गर्ने छन् ।शनीवार जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले विजयी टिम र खेलाडीहरुलाई पुरस्कार वितरण गरेर प्रतियोगिताको समापन गर्नेछन् । उक्त दिनको खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजक समितिका अध्यक्ष निर्मलकुमार यादवले जानकारी दिनुभयो ।खेल सुरु हुनुअघि नृत्य, झाँकी प्रस्तुत गरिने छ । खेल हेर्न दर्शकले भने एक सय रुपैंयाको टिकट लिनुपर्ने छ । फाईनल हेर्न दर्शकको अत्याधिक भिड हुने संभावनालाई मध्यनजर गरी दिउँसो १२ बजेबाटै टिकट काउण्टर खुल्ला गरिने उहाँले बताउनुभयो ।

Leave a Reply