प्रदेश २ को सरकार शहिद र आन्दोलनको उपलव्धीहरु जन्मिएको हो भन्दा पनि फरक पर्दैन किनभने यो सरकारको नेतृत्वकर्तामा मधेशवादी दलका नेता छन् र मधेशवादी दल भनेको आन्दोलनको रापबाट जन्मिएको पार्टी हो । मुख्यमन्त्री आफै पनि परिवर्तवनको सवालमा हिजो आन्दोलनको मैदानमा उत्रिएका व्यक्ति हुन् । अनि उनकै अगुवाइमा भएको आन्दोलनमा धेरै मधेशका सपुतहरुले बलिदान दिएका छन् ।

ज्यानको कुर्वानी दिएर सत्तामा पुर्याएकाहरुका लागि सरकार गठन भएपछि गरिने व्यवहारले भने दुःखी बनाएको छ । वास्तवमा मधेशमा रहेका अन्य दल भन्दा मधेशवादी दलहरुहरुको भूमिका शहिदहरुको सवालमा फरक हुनु पर्दछ । नागरिकहरुले यही कुराको अपेक्षा पनि रोखका छन् । तर मधेशमा शहिद जन्माउन मात्रै ध्यान बढी केन्द्रित भएकै हो ।

आज पनि मधेश आन्दोलनमा सहभागी भएर प्राणको आहुती दिएकाहरुको घर परिवारको अवस्थामा सुधार आउन सकेको छैन । मधेश सरकार र मधेश आन्दोलनमा नेतृत्व गरेकाहरुले शहिद परिवारहरुलाई बढी आश्वासन मात्रै सदएका छन् । उनीहरुलाई आश्वासन भन्दा पनि अवसरको बढी आवश्यक छ । यस्तो बिषयमा अब ठोस नीति बनाएर प्रदेश सरकार अगाडि बढ्न आवश्यक छ ।

 

Leave a Reply