सडक सवारी साधन आवातजावत गर्ने मुख्य स्थान हो । यदि सडक बनाउदा मापदण्ड अनुसारको भएन भने यसले दीर्घकालिन रुपमा पनि असर गर्ने छ । अनि सडकमा सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै हुनेछ अनि भौतिक क्षति पनि हुनेछ ।यो विषयमा बेलैमा सरोकारवलाहरुले ध्यान दिन र ख्याल गर्न आवश्यक छ । केवल पैसा कमाउने र काम गरिस् भन्दा गरेको छु भन्ने प्रवृत्तिका कारण पनि पछिल्ला दिनमा मनलाग्दी हुन गरेको छ र जसका कारण दिनमा एउटा सवारी दुर्घटना नभएको घटना कमै होला ।

पूर्वपश्चिम लोकमार्गको निजगढ क्षेत्रमा पनि सवारी दुर्घटना बढी नै हुने गर्दछन । पछिल्लो केही वर्षयता कम जस्तो भएपनि फेरि सवारी दुर्घटनामा कमी चैं आएको छैन ।सडकको बनावट नै राम्रो नभएका कारण पनि यस क्षेत्रमा दुर्घटना बढेको हो । फेरि यही बीचमा निजगढमा नै जात्रा पाराले सडक बनाएको पनि पाइएको छ र देखिएको पनि छ । यस्तो गर्नु हुदैन । जसले बनायो, ऊ पनि त यात्रु बनेर त्यो बाटो हिँड्नु् नै पर्दछ ।
त्यसैले पनि यसरी अर्काको आँखामा छारो हाल्न खोजेर आफैलाई ठग्ने काम चैं नगएको भए हुने । यस्ता कामको विषयमा स्थानीय सरकार अलि बढी संवेदनशील हुन आवश्यक छ । एकातिर स्मार्ट सिटीको कुरा छ, शहरहरुलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने आजको आवश्यकता हो तर अर्कोतर्फ नगरभित्र बनाइएको सडकको अवस्था कुरुप छ । यसले निर्माण कम्पनी संगसंगै जनप्रतिनिधिमाथि पनि प्रश्न गर्ने ठाउँ आउने भएकाले यस्तो लापारवाही हुन दिन हुदैन र जसले गरेको छ, उसलाई कारबाही पनि गरिनुपर्छ ।

















