सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा सिलाइकटाइको तालिम लिइरहेका महिलाहरुलाई सिलाई मेसिन प्रदान गरिएको छ ।महिलाहरुलाई सीप प्रदान गरेर आयआर्जनमा लगाउने उदेश्यले सिलाइकटाइ तालिमको आयोजना गरिएको र त्यसलाई बढवा दिन मेसिन प्रदान गरिएको वडा अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभयो ।उहाँले वडाले सीपमुलक तालिमहरु सञ्चालन गरिरहेको र आगामी वर्षहरुमा पनि आवश्यकता अनुसार तालिम चलाइने बताउनुभयो ।वडा नम्बर ३ को वडाको कार्यालयमा आयोजित एक कार्यक्रममा वडा अध्यक्ष कार्कीले सिलाइकटाइ तालिममा सहभागी २१ जना महिलालाई मेसिन हस्तान्तरण गर्नुभएको हो । श्रावन १४ गते समापन्न भएको तालिमका सहभागीहरुलाई थप एक महिना प्रशिक्षण दिइएको थियो ।सो अवसरमा आफ्ना बोल्दै वडा अध्यक्ष कार्कीले मेसिनमार्फत आफ्नो आय बढाउन महिलाहरुलाई आग्रह गर्नुभयो । कार्कीले सीप भएर पनि मेसिनको अभावमा बस्नु परेका महिलाहरुको आर्थिक अवस्थामा सुधार गर्न यसले थोरै भएपनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।त्यस्तै वडाध्यक्ष कार्कीले सीपले मानिसलाई आत्मनिर्भर बनाउने हुँदा जीवनोपार्जनका लागि सिलाइ मेसिन हस्तान्तरण गरिएको बताउनुभयो ।



















