राजन कुमार बानिया
पोखरिया,पर्साको छिपहरमाई गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी कार्यभार सम्हाल्नु भएका स्वास्थ्य शाखा प्रमुख शनीकुमार साहले सोमवारदेखि कार्यभार सम्हाल्नु भएको छ ।प्रमुख प्रशासकीय अधिकृत साहले एक कार्यक्रमकाबीच जनप्रतिनिधि र कर्मचारीहरुसंग परिचयात्मक तथा स्वागत कार्यक्रम पनि गर्नुभएको छ ।
गाउँपालिकाको सभा हलमा भएको परिचयात्मक तथा स्वागत कार्याक्रममा प्रमुख प्रशासकीय अधिकृत साहको गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ता, उपाध्यक्ष लिलावती देवी कानु लगायत जनप्रतिनिधि र कर्मचारीहरुले फूूलमाला र अबिरले स्वागत गरेका थिए । परिचयात्मक तथा स्वागत कार्यक्रममा वडा अध्यक्ष कामेश्वर यादव, महेन्द्र साह, दिपेन्द्र सिंह, मौजिलालल साह, रामेश्वर महतोको पनि उपस्थिति थियो ।

प्रमुख प्रशासकीय अधिकृत साह विगत ६ वर्षदेखि गाउँपालिकामा स्वास्थ्य शाखामा कार्यरत हुनुहुन्थ्यो । प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गर्दै उहाँले गाउँपालिकाको काम कारबाही नियमित अघि बढ्ने तथा विकासले गति पाउँनेमा आफू विश्वस्त रहेको बताउँनुभयो ।गाउँपालिकाको अवस्था आफूले राम्रोसँग बुझेकोे र यसमा धेरै नै समस्या देखेको भन्दै उहाँले अब विगतको जस्तो नहुने बताउँनुभयो । जनप्रतिनिधिहरु र कर्मचारीहरुको साथ र सहयोग पाएपछि गाउँपालिकाको विकास र जनताहरुको कामकाज सहज र छिटोछरितो हुने उहाँको विश्वास छ ।स्वागत कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गुप्ताले छिपहरमाई गाउँपालिकाको विकासका लागि जनप्रतिनिधि र कर्मचारीहरु एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।उहाँले नयाँ प्रमुख प्रसाशकीय अधिकृत साहलाई गाउँपालिकामा राम्रो काम गर्न सुझावसहित बधाई दिनुभयो । परिचयात्मक तथा स्वागत कार्यक्रममा कार्यपालिका सदस्य लगायत महिला सदस्य, गाउँपालिका सदस्य र कर्मचारीलगायतको सहभागिता थियो ।

Leave a Reply