कलैया,
बारा प्रहरीले ४ सय ४५ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ स्थित राजघटादेखि सिमलासम्म ७ स्थानमा सञ्चालन गरिएको अवैध मदिरा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो । उहाँका अनुसार १ हजार ५ सय मुल्य बराबरको तयारी मदिरा १५ लिटर र २५ हजार ८ सय मुल्य बराबरको कच्चा पदार्थ ४३० लिटर नष्ट गरिएको हो । साथै प्रहरीले उक्त अथानमा संचालित ७ वटा भट्ठी समेत नष्ट गरेको छ ।

Leave a Reply