कृष्ण मोहन साह

सेढवा – पर्साको डिभिजन बन कार्यालय अन्तर्गत रहेको राष्ट्रिय बन क्षेत्रमा बुधबार एउटा पाठे बाघ मृत अवस्थामा फेला परेको छ । जिरभवानी गाउँपालिका २ मा रहेको सेक्टर बन कार्यालय बसन्तपुर देखि सात सय मिटर उतरमा रहेको बन क्षेत्रमा करिब अन्दाजी १० वर्षको व्यसक पाठे मृत अवस्थामा फेला परेको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले जानकारी दिए ।

 

 

 

 

 

 

मृत बाघको प्रकृति हेर्दा बाघ बाघमा जुदेर मरेको हुन सक्ने निकुञ्ज कार्यालयले जनाएको छ । घटना स्थलमा पन्चमुखी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष राजिन्द्र साह , सुनाखरी मध्यवर्ती उपभोक्ता समितीका अध्यक्ष देवि प्रसाद दहाल , डिभिजन बन कार्यालय बसन्तपुरको बन कर्मचारी नेपाली सेना , निकुञ्ज प्रशासन लगाएतको उपस्थित रहेको थियाे  । घटनाको बारेमा विशेष रुपमा अनुसन्धान भैरहेको र बाघलाइ स्थानीय जनप्रतिनिधि हरुको रोहवरमा सर्जमिन मुचुल्का गरि सनाखत गर्ने प्रक्रिया भैरहेको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारले जनाएको छ ।

Leave a Reply