बिदुर खडका
डुमरवाना,नेपाल अपाङ्ग सेवा संघ बाराले जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा ३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ।‘समावेसी तथा दीगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नाराका मंगलवार सिमरामा अपाङ्गता दिवस मनाइएको हो ।
दिवसको अवसरमा अपाङ्गता भएकाहरुको सहभागितामा प्लेकार्ड सहित निस्किएको ¥यालीले सिमरा बजार परिक्रमा गरेको थियो ।सो अवसरमा सिमरास्थित अपाङ्ग संघको भवनको शिल्यान्याससहित सहायक सामग्री, स्टेशनरी सामान पनि वितरण गरिएको थियो ।सो अवसरमा संविधान सभा सदस्य एवंम नेकपा ऐमालेका नेता पुरुषोत्तम पौडेल, संविधान सभा सदस्य जयराम दाहाल, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, नेपाली कांग्रेसकी नेत्री एवंम मधेस प्रदेश सभा सदस्य शोभा लामा तथा पालिकाका वडा अध्यक्षहरुको उपस्थित रहेको थियो ।अन्जु धितालले स्वगत गरेको सभाको अध्यक्षता संघका बारा जिल्ला अध्यक्ष गंगाप्रसाद वाग्लेले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संचारकर्मी लक्ष्मी खरेलले गर्नुभएको थियो ।
















