पुष्पराज खतिवडा
मनहर्वा,कलैया उपमहानगरपालिका वडा नम्बर २४ ले स्थानीय महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साईकल प्रदान गरेको छ । सोमवार वडाको सखुईस्थित सुरत स्वास्थ्य चौकीमा एक कार्यक्रमका बीच वडा अध्यक्ष हिरालाल चौधरीले स्थानीय ३ जना स्वयम् सेविकालाई साईकल हस्तान्तरण गर्नुभएको हो ।स्वयम् सेविकाहरुलाई सेवा प्रवाह गर्न सहज होस् भन्ने उदेश्यले साईकल प्रदान गरिएको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।यस्तै सोही अवसरमा वडा कार्यालयको सहयोगमा वडाका गर्भवती महिलाका लागि पोषणयूक्त खाद्यान्न (प्रोटिन पाउडर) वितरण गरिएको छ । गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा आउने महिलाहरुलाई प्रदान गर्ने गरी हाल एक सय थान प्रोटिन पाउडर सुरत स्वास्थ्य चौकीमा उपलब्ध गर्राएको उहाँले जानकारी दिनुभयो ।वार्षिक सरदर ९२ जना गर्भवती महिला गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा आउने गरेको अभिलेखको आधारमा उक्त परिमाणको पौष्टिक पाउडर वडा कार्यालयले उपलब्ध गराएको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।उक्त अवसरमा सुरत स्वास्थ्य चौकीका प्रमुख अहेब राजकिशोर प्रसाद यादव, स्थानीय सामाजिक अगुवा रामअयोध्या प्रसाद यादव, रघुवर यादव, वडा सदस्य जियालाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply