सिमरा,डुमरवाना भेट्रान्स क्लबलाई स्तब्ध पार्दै पिलुवा फूटबल क्लबले महेन्द्रनगर नकआउट फूटबल प्रतियोगिताको उपाधि उचालेको छ ।जीतपुरसिमरा १६ स्थित महेन्द्रनगर खेल मैदानमा मंगलवार सम्पन्न फाइनल खेलमा डुमरवानालाई ५–१ ले पराजित गर्दै पिलुवाले उपाधि उचालेको हो।पिलुवालाई उपाधि दिलाउन सागर चौधरीले दुई गोल गरे भने कुलदीप कार्की, उमेश सन्जेल, अंशु चौधरीले एक–एक गोल गरे । डुमरवानाका लागि भने मोहित गुरुङले पेनाल्टी मार्फत एक गोल फर्काए ।
उपाधि विजेता पिलुवाले नगद ५० हजार प्राप्त गरेको छ भने उपविजेता डुम्मरवानाले २५ हजार पाएको छ । प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट र सर्वाधिक गोलकर्ता पिलुवाका अमित बछार घोषित भए । विधागततर्फ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पिलुवाका अश्मिर गुङ्बा, उत्कृष्ट डिफेण्डर पिलुवाका कुलदीप कार्की, उत्कृष्ट प्रशिक्षक पिलुवाका राजेन्द्र बछारले हात पारे । फाइनल खेलको म्यान अफ दि म्याच पिलुवाका सागर चौधरी घोषित भए ।

















