सामाजिक सञ्जाल हेरियो भने नेपाली राजनीतिमा नेपालका मुख्य ठूला दलको औचित्य सकिएको आभाष हुन्छ ।
यतिबेला सामाजिक सञ्जालमा सबैभन्दा बढी गाली नेकपा एमालेले गाली खाइरहेको हुन्छ भने काँग्रेस पार्टी र त्यसका नेताहरुले पनि अधिक गाली खाइरहेका छन ।थोरबहुत गाली माओवादीको भागमा पनि परेकै छ तर राष्ट्रिय स्वतन्त्र पार्टी र नयाँ भनिएका अन्य पार्टीका सवालमा सामाजिक संजाल त्यति धेरै नकरात्मक देखिदैन । रास्वपाका सभापती रवि लामिछाने पक्राउ परेपछि त झन् समाजिक सञ्जालमा एमाले र काँग्रेसका नेतालाई गाली गर्ने क्रम निक्कै बढेको छ । सामाजिक संजाल हेर्दा त अब काँग्रेस, एमाले अनि माओवादीको अब देशमा औचित्य नै सकिएको जस्तो लाग्छ ।

तर, आइतवार भएको उपचुनावको नजिताले भने यसको ठीक उल्टो सन्देश दिएको छ । निर्वाचन परिणाममा नयाँ भनिएका पार्टी र दलको उपस्थिति त एकदमै झिनो देखिएको छ । एकाध ठाउँमा बाहेक अन्य ठाउँमा त ठूला दलका उम्मेदवारहरु नै विजयी भएका छन् । जनताले मत चैं यी दलहरुका उम्मेदवार नै दिएका छन् । यसले सामाजिक सञ्जाल र व्यवहारमा भोटको तुलना गर्न नमिल्ने रहेछ भन्ने कुरा पनि प्रमाणित भएको छ ।

यही हिसावले त २०८४ सालमा हुने आम चुनावमा पनि नयाँ भनिएका पार्टीहरुको बाहिर प्रचार गरिएजस्तो बहुमतको शंभावना न्यून छ । कयौं स्थानमा विजयी हुने अवस्था पनि नआउन सक्छ । जनताले यिनै ठूला दलकैबीचमा विकल्प खोजेको हो कि जस्तो पनि देखिन्छ । बरु नयाँ भनिएका दलहरुले आफूलाई सुधार गर्न आवश्यक देखिएको छ । नेताको पछिभन्दा पनि नीति र विचारको पछि आफ्नो समर्थकलाई लगाउन आवश्यक देखिएको छ । उपचुनावको मत परिणामले यही सन्देश दिएकोछ ।

Leave a Reply