बरियारपुर,बाराको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सबैसंग सहकार्य गरेर अगाडि बढन नेपाल पत्रकार महासंघ बारा जिल्ला शाखाका निर्वाचित पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ बारा शाखाको नवनिर्वाचित कार्यसमितिको पद स्थापन तथा प्रमाणपत्र बितरण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा संवोधन गर्दै प्रजिअ पौडेलले पत्रकारिताले समाजलाई सहि दिशा निर्देश गर्नुे भुमिका खेल्न पनि आग्रह गर्नुुभयो । पौडेलले जतिसुकै ठुलो द्वन्द भएपनि अन्तिम विन्दुमानै पुग्नु पर्ने भएकोले विभिन्न बाधा अवरोधकोबीच पनि चुनाव सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभएको थियो । पत्रकार देशको चौथो अंङ्गको रुपमा रहेकोले निष्पक्ष पत्रकारिता आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रमुख निर्बाचन अधिकृत रुद्र धितालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष कमलकुमार उपाध्यायले पनि बोल्नु भएको थियो । कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष उपाध्यायले नयाँ समितिले कसैमाथि पनि भेदभाव नगरी मूल्यनिष्ठ पत्रकारिताको जग बलियो बनाउन आग्रह गर्नुभयो । उहाँले आफ्नो दुई कार्यकालमा भएको प्रगति पनि सुनाउनुभएको थियो ।

 

नवनिर्वाचित अध्यक्ष रेशम तिवारीले पत्रकारहरुको भौतिक तथा पेशागत सुुरक्षाको लागि लागिरहने धारणा राख्नुभएको थियो । पत्रकारहरुको हक, हितको लागि सबै मिलेर अगाडि बढ्नुपर्ने पनि बताउनुभयो ।

महासंघ बारा शाखाको भवनमा भएको पदभार ग्रहण कार्यक्रममा बारा शाखा उपाध्यक्ष रामबाबु मेहता, सचिव अनिल गौरव, कोषाध्यक्ष श्याम गुप्ता सदस्यहरु अनिल पाण्डेय, नरेश गुप्ता लगायत कार्यसमितिका सबै पदाधिकारी तथा प्रदेश सभासद र केन्द्रीय परिषद सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा निर्वाचन अधिकृत उमेशलाल दास, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गौतम मिश्र, उद्योग बाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साहलगायतका उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पत्रकार महासंघ बाराको महिला उपाध्यक्ष लक्ष्मी पाण्डेले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here