वास्तवमा कम्यूनिष्ट भनेको जनताको प्रतिनिधि हो । हुनत कांग्रेस पनि जनताकै प्रतिनिधि हुन् र अन्य दल पनि तर कम्यूनिष्ट सिद्धान्त र अरुमा केही फरक छ । कम्यूनिष्ट सर्वहारा बर्गको नेता हुने भएकाले ऊ आफै सर्वसाहा हुने गर्नछ र हुनु पनि पर्दछ । कम्यूनिष्टका प्रतिपादकहरुको सिद्धान्तले त्यही नै भन्ने गर्दछ । नेपालको सवालमा होस् वा अन्य देशको ।

 

 

 

 

अहिले नेपालमा कम्यूनिष्टहरुको शासन छ । कम्यूनिष्ट शासन भएको देशका भ्रष्टचार नहुन पर्ने हो बढी भएको गुनासो आउछ । नेताको आचरण सरल हुनुपर्ने हो तर बिलासी भएको आरोप लाग्छ । ब्यक्तिगत सम्पक्ति नहुन पर्ने हो तर बढी भएको पाइन्छ । त्यसैले कम्यूनिष्ट माथि धेरै कुरा उठेको छ ।

 

 

 

हालै नेकपाको केन्द्रीय समितिको बैठकमा यस्ता कुराहरु उठेका छन् । नेकपाको बैठकमा कम्यूनिष्टका नेताहरुको सम्पति छानबिन हुनुपर्ने कुरा उठेको छ । सम्पति छानबिनका लागि कुरा उठ्नु आफैमा दुखद हो । यसको मतभल कम्यूनिष्टहरु पूँजीवादको बाटोमा लागे भन्ने हो जुन शासन प्रर्णालीका लागि नै घातक हो ।

Leave a Reply