सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १४, १५, १६, १७ र १८ का स्थानीयको सन्दिसर्पण आर्यघाटको रुपमा रहेको दुधौरा खोलामा उपमहानगरपालिकाले फ्लड लाइट जडान गरेको छ । शव दाहसंस्कार गर्न र रातिको समयमा आवागमन गर्न स्थानीयलाई कठिनाइ भएपछि उपमहानगरपालिकाले सो क्षेत्रमा फ्लड लाइट जडान गरेको हो ।
अध्यारोका कारण शव दाहसंस्कार गर्नसमेत समस्या भएको भन्दै स्थानीयले गुनासो गरेपछि उज्यालोको लागि उपमहानगरपालिकाले वडा नम्बर ४ र १४ को सिमानामा पर्ने दुधौरा खोलामा फ्लड लाइट जडान गरिएको नगर प्रमुख राजन पौडेलले बताउनुभयो ।



















