वीरगन्ज,पानी जमेको खाल्डोमा डुबेर पर्साको कालिकामाई गाउँपालिकामा एक १२ महिने बालकको मृत्यु भएको छ ।कालिकामाई गाउँपालिका– ५ वीरञ्चीबर्वास्थित चापाकलको पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको हो ।मृत्यु हुनेमा जिराभवानि गाउँपालिका– ३ परसवा बस्ने रसलिला महतो केवटको छोरा १२ महिने जितेन्द्र महतो केवट रहेका छन् । मंगलबार दिउँसो खेल्ने क्रममा डुबेर घाइते भएका उनको पोखरिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply