कलैया,कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिबेशनको माग गर्दै शुरु गरेको हस्ताक्षर अभियान अन्तर्गत बारा जिल्लाका ६२ जना महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन । यो संख्या ६१ प्रतिशतभन्दा बढी हो ।बारामा रहेका १ सय चार जना महाअधिवेशन प्रतिनिधिहरु मध्ये निर्वाचन क्षेत्र नम्बर १ का २५, क्षेत्र नम्बर २ का ६, क्षेत्र नम्बर ३ का १९ र क्षेत्र नम्बर ४ का १२ जना महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका हुन ।

क्षेत्र नम्बर १ मा २६, २ मा २६, क्षेत्र नम्बर ३ मा २६ जना महाधिवेशन प्रतिनिधि रहेका छन । क्षेत्र नम्बर १ मा १ जना बाहेक सबै प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन । क्षेत्रीय सभापती विजयशंकर यादव हस्ताक्षरको पक्षमा खुलेपछि क्षेत्र नम्बर १ का अधिकांश प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन । सो क्षेत्रका महाधिवेशन प्रतिनिधि जमुनाप्रसाद गुप्ताले भने हस्ताक्षर गर्नुभएको छैन । गुप्ता देउवा पक्षधर मानिनुहुन्छ ।
सभापति शेरबहादुर देउवा पक्षीय महाअधिवेशन प्रतिनिधिहरुले भने विशेष महाधिवेशनको माग गर्दै चलाइएको अभियानमा हस्ताक्षर गरेका छैनन । त्यसैगरी नेता कृष्ण सिटौला पक्षधर मानिएका नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी र बारा जिल्ला सभापति राजेशराय यादव पक्षधरहरुले पनि अभियानमा हस्ताक्षर गरेका छैनन् ।

















