बारा आफैैमा सुन्दर जिल्ला हो । यसको भूगोलले पनि यही कुरा पुष्टि गर्छ । बारा यस्तो एउटा जिल्ला हो जसको फरक फरक ठाउँमा फरक फरक प्रान्त भएको जस्तो महशुस हुन्छ । बाराको अन्य स्थान जस्तै निजगढ पनि आफैमा ठूलो महत्व बोकेको स्थान हो । निजगढको बिषयमा हुने राजनीतिले भने सबैलाई दुःखी बनाउने गरेको छ ।

त्यसो त पछिल्लो समय फेरि दुई÷तिन पार्टीका केही नेता आएर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सपना बाँडेका छन् । वास्तवमा अहिलेका लागि यो सपना नै हो । कुनै दिन यो सपना साकार त होला तर सपना बाँड्ने काम नै धेरै भएको छ । हरेक सरकार बनेपछि निजगढ विमानस्थलको बिषयमा सपना देखाउने गरिन्छ जुन बारा जिल्लाबासीका लागि मन नपरेको कुरा हो ।

काम हुनु पर्नेमा सपना मात्रै बाँडेर त कसरी बिकास होला त खोइ ? बारामा विमानस्थल बनाउनका लागि बाराकै टागियाबस्तीको व्यवस्थापन पहिलो सर्त हो । तर त्यसको सिन्को समेत भाँच्ने काम भएको छैन । पहिला यो काम गरेपछि मात्रै अन्य काम होलान् । बारामा विमानस्थल बन्दै बन्दैन भन्ने पनि होइन तर सपना मात्रै देखाउनु चैं राम्रो होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here