आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ क्षेत्रको सम्पदा संरक्षणमा आधारित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।सिम्रौनगढ– ७स्थित नगरपालिकाको सभा कक्षमा तिन दिनसम्म चलेको अभिमुखीकरण कार्यक्रम सोमवार एक समारोहबीच सम्पन्न भएको हो ।कार्यक्रममा देशमा रहेका प्राचीन सम्पदाको संरक्षणमास्थानीय तह र स्थानीय बासिन्दाको भूमिका, दायित्व र कर्तव्यको बारेमा छलफल गरिएको थियो ।

सिम्रौनगढ नगरपालिकाको मेयर किशोरीप्रसाद कलवारको प्रमुख आतिथ्यता एवंम पुरातत्व विभागको काठमाण्डौंका महानिर्देशक डा. सौभाग्या प्रधानाङ्गको अध्यक्षता भएको समापन सत्रमाबाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाल,वरिष्ठ पुरातत्व विद देवेन्द्रनाथ तिवारी,प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुवर कन्काली माध्यमिक विद्यालय सिम्रौनगढका प्रधानाध्यापक रिसभदेव यादव,शिक्षक उमाशंकरप्रसाद यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो अवसरमा मधेस प्रदेश सरकार पर्यटन विभागका कार्यक्रम प्रमुख बबिता जयसवाल,सिम्रौनगढ नापी शाखा कार्यालय प्रमुख नवलकिशोर उपाध्याय, उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबुप्रसाद कुशवाहा, सिम्रौनगढ क्षेत्र पर्यटन विकास समितिका पूर्वअध्यक्ष श्यामकिशोर यादव, सिम्रौनगढ नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, स्थानीय राजनीतिक दलका प्रमुख र प्रतिनिधिहरु तथा स्थानीय संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।पुरातत्व विभागका रामबहादुर डुबरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा पुरातत्व विभागका मन्जु थापाले सञ्चालन गर्नुभएको थियो ।सो अवसरमा सिम्रौनगढ नगरपालिका र उद्योग वाणिज्य संघ सिम्रौनगढद्वारा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply