आइतवार देशका केही पालिकाहरुमा उपचुनाव भयो । निर्वाचन आयोगले दिएको जानकारी अनुसार उपचुनाव भएका ठाउँमा मतदान एकदमै राम्रो भएको छ र धेरै मत पनि खसेको छ । ६० प्रतिशतभन्दा माथि मत खस्नु भनेको राम्रो हो । यो भनेको मतदानमा नागरिकहरु उत्साहित छन् भन्ने शंकेत पनि हो ।जसरी नागरिकहरुमा निराशा छ भनिएको छ, मतदानमा यस्तो कतै देखिएन । थोरै मत वा कम मत कतै खसेको छैन । सतप्रतिशत मतदान हुने कुरा पनि हुदैन । उपचुनावले नागरिकहरु मतदानमा निराशा रहिनछन् भन्ने कुराको पुष्टि पनि भएको छ ।

लोकतन्त्रमा चुनाव फेरि सर्वोत्तम विधि हो । आफ्ना उम्मेदवारहरु छान्ने उत्तम विधि नै मतदान हो । त्यसैले पनि मतदानमा नागरिकहरुले वितृृष्णा गराउने कुरा आउदैन बरु कसलाई मत दिने भन्नेमा चैं नागरिकहरुले सोच्न पाउनेछन् र यो अधिकार सुरक्षित पनि छ । बेलैमा विवेक पु¥याएपछि नेतालाई गाली पनि गरिरहन पर्दैन्न जो भएपनि चुनावी मैदानमा उत्रिएको एक व्यक्तिले नै चुनाव जित्ने हो । त्यसमध्यमा राम्रो उम्मेदवार छान्ने अधिकार मतदाताकै हो । यसैका लागि आवाधिक निर्वाचन हुनेगर्छ ।
आइतवार भएको चुनाव अवाधिक नभएपनि यसले त्यसैको प्रतिनिधित्व गर्दछ । निर्वाचन प्रक्रियामा नागरिकहरुले आफ्नो कतव्र्य सम्झेर भाग लिनुपर्दछ तर उम्मेदवार चैं राम्रो छान्न सक्नुपर्दछ । आइतवार भएको चुनावमा पनि राम्रो उम्मेदवार मतदाताहरुले छाने होलान् यही आशा गरौं र परिणामका लागि भने केही दिन कुरौं ।
















