अबको ४८ घण्टापछि फेरि बाराको क्षेत्र नम्बर २ सहित देशभरको तीन स्थानमा निर्वाचन हुदैछ । चितवनको क्षेत्र नम्बर २ मा रबि लामिछाने बाहेक लगभग तीनै क्षेत्रमा नयाँ अनुहार चुनावी मैदानमा रहेका छन् । सबैको उद्देश्य भनेको निर्वाचनमा जीत हासिल गर्नु नै हो । यद्यपी सबैको जीत भने हुने कुरै भएन । निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने ब्यक्ति नै बिजयी हुने हो ।त्यसैले पनि अब अन्तिम अग्नी परीक्षामा दलहरु लागि रहेका छन् । बिहीबार तीनै स्थानमा दलहरुले आआफ्ना सभा पनि गरेका छन् । जनताले कसलाई बढी बिश्वास गर्छन् त्यसका लागि भने चैं केही दिन कुर्न पर्छ । दल र तिनका उम्मेदवारहरुका लागि यो अन्तिम अग्नी परीक्षा नै हो । जस्तै चितवन २ र बारा २ मा रबि र उपेन्द्रका लागि मौका नै हो ।यदी उनीहरु यो पटक निर्वाचनमा असफल भए भने उनीहरुको संसदमा उपस्थिति हुदैन र यसले उनीहरुको ब्यक्तिगत स्वार्थ पनि पूरा हुदैन । रबि नयाँ अनुहार भएकाले उनको जितको चाहनामा नागरिकहरु रहेपनि उपेन्द्र यादवको पक्षमा भने नागरिक स्तरबाट खासै चासो छैन । त्यसैले पनि यो उम्मेदवारहरुका लागि पनि प्रतिष्ठाको लडाइं बनेको छ ।

Leave a Reply