दुष्यन्त चौधरी
कलैया,मधेस प्रदेशको गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले गढीमाई मेलामा सुरक्षा व्यवस्था मिलाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराखिने बताउनुभएको छ ।गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गर्नेक्रममा शनिवार मन्त्रालयको टोलीसहित बाराको बरियारपुर आइपुग्नुभएका मन्त्री लेखीले सो कुरा बताउनुभएको हो ।

गढीमाई मेलाको अवलोकन तथा निरीक्षणपछि महागढीमाई नगरपालिकामा आयोजित छलफल कार्यक्रममा प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री लेखीले मधेस प्रदेशमा मंसिर महिनामा २ वटा ठूला मेला लाग्ने भएपनि सरकारले सुरक्षा प्रबन्धमा कुनै किसिमको कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले गढीमाईसंगै यो महिनामा जनकपुरमा विवाहा पञ्चमी महोत्सव मेला पनि हुने भएकोले सोको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । विवाह पञ्चमीको अवसरमा जनकपुरमा समेत ठूलो मेला लाग्ने भएकोले अहिले प्रदेश सरकारको ध्यान जनकपुर र बरियारपुरमा लाग्ने गढीमाई मेलामा केन्द्रित रहेको समेत मन्त्री लेखीले बताउनुभयो । हरेक पाँच पाँच वर्षमा लाग्ने गढीमाई मेलामा दर्शनार्थीहरुको धेरै भिड हुने गरेकोले सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकी नराखिने मन्त्री लेखीको भनाई छ ।
गढीमाई धार्मिक र पर्यटकीय हिसाबले पनि एउटा ठूलो आस्था बोकेको मन्दिर रहेकोले यसको संरक्षणमा केन्द्र सरकार र प्रदेश सरकारको ध्यान अहिले केन्द्रित रहेको मन्त्री लेखीले छलफलको क्रममा बताउनुभएको थियो ।

Leave a Reply