कृपा संवाददाता
हेटौंडा – प्रदेश नम्बर–३ का १३ जिल्लालाई दुध, माछा मासु र अण्डामा आत्मनिर्भर वनाउन लागिएको छ । प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले दूध र मासुजन्य पदार्थमा आत्म निर्भर वनाउन लागेको हो । दुधमा आत्म निर्भर वनाउनका लागि गाई पालनमा अनुदान, अण्डा र मासुमा आत्म निर्भर वनाउनका लागि माछा पालन, बाख्रा पालन र कुखुरा पालनमा अनुदानका कार्यक्रम राखिएको छ ।

 

 

प्रदेश सरकारले दाना उद्योग स्थाना गरेर थप रोजगारी सृजनागर्न लागेको छ । दुग्ध सहकारी मार्फत मकवानपुर गढी र चितवन जिल्लामा दाना उद्योग स्थापना गरेर रोजगारी सृजनागर्न लागिएको प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले वताउनुभयो । मन्त्रालयले सिन्धुपाल्चोक र नुवाकोटमा सामुहिक खेती गर्नेगरी सहयोग गर्न लागेको छ । सामुहिक खेतीगर्ने किसानका लागि अनुदानका कार्यक्रम मार्फत सहयोग गर्न लागिएको उहाँले वताउनुभयो ।

 

 

प्रदेश सरकारले विदेश गएका युवा जनसक्तिहरुलाई स्वदेशमानै रोजगारी सृजनागर्नका लागि कृषिमा आधुनिकीकरण गर्न लागेको छ । कृषिमा आधुनिकीकरण गर्न प्रबिधि हस्तान्तरण गर्ने, मेसिन, औजार लगायतका सामाग्री किसानलाई सहयोग गर्ने लगायतका कार्यक्रम गरिने मन्त्री लामाले वताउनुभयो । अनुदान रकम र सामाग्री पहुँच भएका भन्दा पनि वास्तवीक किसानका लागि वितरण गरिने वताउँदै उहाँले भन्नुभयो–‘किसानका लागि अनुदानका कार्यक्रम ल्याइएको हो । नेता, कार्यकर्ताका लागि होइन । अनुदान सहयोग पनि डुप्लीकेसन हुनेगरी भन्दा पनि आवस्यक्ताका आधारमा वितरण गरेका छौ ।

Leave a Reply