सिमराः सुदुरपश्चिम ११ धनगढीलाई पराजित गर्दै विजय युथ क्लब हेटौंडाले विश्वकर्मा सिमेन्ट ११औं जीतपुरसिमरा गोल्डकपमा क्वाटर फाइनल यात्रा तय गरेको छ ।
सिमरा रंगशालामा शुक्रबार साँझ भएको खेलमा २–० को जित निकाल्दै सातौं संस्करणको विजेता समेत रहेको विजय युथ हेटौंडाले क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
हेटौंडाको जितमा नवराज नवराज गुरुङ र विकास लामाले समान एक÷एक गोल गरे । खेलको १६ औं मिनटमा नवराजको गोलबाट अग्रता लिएको हेटौंडा विरुद्ध खेलमा फर्कन संघर्ष गरेको सुदुरपश्चिमले आकर्षक अवसर बनाएपनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरीन बाध्य भयो ।
मध्यम खेल प्रदर्शन गरेको हेटौंडाले ७५ औँ मिनेटमा विकास लामाको गोलबाट अग्रता दोव्वर पा¥यो । सुदुरपश्चिमका सुनील धामीले हेटौंडाका सन्तबहादुर गुरुङलाई लडाएपछि पाएको फ्रिकिक बललाई विकासले गोलमा परिणत गरे । करिब २५ यार्ड टाढाबाट हानेको फ्रिकिकलाई विकासले सिधै गोलमा परिणत गरेका थिए ।
सुदुरपश्चिमले खेलमा केहि आकर्षक अवसर बनाएपनि गोल गर्न सकेन । खेलको १८ औं मिनटमा विनोद केसीले डिबक्स भित्रबाट गरेको सशक्त प्रहार हेटौंडाका गोल रक्षक अशोक बरालले बचाउ गरे । खेलको ३६औं मिनटमा सुदुरपश्चिमले बराबरी गोल गर्ने अर्को अवसर गुमायो । सुनील धामीको क्रसमा शक्ति राइले डिबक्स बाहिरबाट हानेको प्रहार हेटौंडाका गोलरक्षकले बचाए । खेलको ८८औं मिनटमा सुदुरपश्चिमका विनोद केसीको क्रसबल शक्ति राईले डिबक्स भित्र सम्हाल्न नसक्दा अन्तिम समयमा गोल गर्ने अवसर चुक्यो ।
खेलको म्यान अफ दि म्याच हेटौंडाका नवराज गुरुङ घोषित भए । उनले पाँच हजार नगद प्राप्त गरे । प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा शनिवार हिमालयन शेर्पा क्लब र आयोजक नवजनजागृती सिमरा भिड्दैछन । हिमालयन शेर्पाले सिधै क्वाटर फाइनल खेल्दैछ भने आयोजकले उद्घाटन खेलमा मकवानपुरको वागमती गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गरेको थियो ।