राजनकुमार बानिया
पोखरिया,पर्साको कालिकामाई गाउँपालिकामा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत नमोनाथ प्रसाद यादवले बुधवार कार्यालयमा हाजिर गरेर पदभार सम्हाल्नु भएको छ ।सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत यादव, जनप्रतिनिधि र कर्मचारीहरुबीच परिचयात्मक कार्यक्रम पनि गरिएको थियो ।कालिकामाई गाउँपालिकाको सभा हलमा भएको परिचयात्मक कार्यक्रममा गाउँपालिका अध्यक्ष बशिष्टकुमार गुप्ताले फूलमाला लगाएर अधिकृत यादवको स्वागत गर्नुभएको थियो । परिचयात्मक कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी लगायतको उपस्थिति रहेको थियोप्रमुख प्रसाशकीय अधिकृत यादवलाई जनप्रतिनिधिहरु र कर्मचारीहरुले फूलमाला र अवीर लगाएर गाउँपालिका कार्यालयमा स्वागत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत यादवले कार्यभार सम्हाल्दै गाउँपालिकाको काम नियम संगत रुपले गर्ने र गाउँपालिकाको विकासमा जनप्रतिनिधिहरुसंग मिलेर काम गर्ने बताउनुभएको थियो ।


















