रौतहट,बाघको आक्रमणबाट रौतहटको गुजरा नगरपालिका १ का वडा अध्यक्षसहित २ जना घाइते भएका छन् ।
शनिवार बाघको आक्रमणबाट गम्भीर घाइते भएका वडा अध्यक्ष रामजीत चौधरी र सोही वडाका बौराई चौधरीको वीरगञ्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ ।

घाइते दुवै जनालाई आइसियुमा राखेर उपचार भइरहेको वडा अध्यक्ष चौधरीकी छोरी मधुकुमारी चौधरीले बताउनुभएको छ । शनिवार बिहान अस्पताल भर्ना भएदेखि नै दुवै जना बेलुकीसम्म अचेत रहेको मधुले बताउनुभयो ।गुजरा १ रङ्गपुर गाउँ छेउको लमहा खोलाबाट खेतमा पानी लगाइरहेका बेला बौराईलाई बाघले आक्रमण गरेको थियो । बौराईलाई बचाउन खोज्दा वडा अध्यक्ष चौधरीमाथि पनि बाघले आक्रमण गरेको मधुले जानकारी दिनुभयो । बौराई र रामजीतबीच मितरी साइनो रहेको छ ।इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले घटनाको पुष्टि गर्दै आवश्यक घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

Leave a Reply