राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाँउपालिकामा शनिबार नेकपा एमालेले गाँउपालिका स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।
धोबिनी गाउँपालिका वडा नम्बर ५ मा भएको भेलाको अध्यक्षता नेकपा धोबिनी गाँउपालिका कमिटी सचिव हरि पटेलले गर्नु भएको थियो ।
नेकपा पर्सा जिल्ला अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि हजराले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेका कामका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि रहनु भएका जिल्ला सचिव एंव छिहरमाई गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ता तिन वर्षमा ओली सरकारले गरेका राष्ट्रिय गौरवका आयोजना, मधेशको लाईफलाईन हुलाकी सडक निर्माण पेट्रोलियम पाईप लाईन लगायत विकाश निर्माणबारे चर्चा गर्नुभएको थियो । गुप्ताले आउने निर्वाचनको परिणाम आफनो पक्षमा पार्न टोल टोलमा संगठन निर्माण गर्न पनि अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश सदस्य जोगेन्द्र साह, जिल्ला सदस्य सुरेश पटेल, सदाम हुसेन, बिरेन्द्र साह, सुनिल साह कानु, अम्बिका राउत कुर्मी, एैनुल हक मियाँ, राजेन्द्र यादव, समसुल मियाँ, अबास मियाँ, सोयाब अंसारी लगायतको उपस्थिति रहेको थियो ।